
काठमाडौँ,असार ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् । विश्व योग दिवसको अवसरमा शुक्रबार मूल समारोह समितिले भक्तपुरमा गरेको कार्यक्रममा योगसम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरका अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे ।
‘शरीरलाई स्वस्थ र फुर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो,’ प्रधानमन्त्री दाहालले भने, ‘नियमित विद्याभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनाव मुक्त भइ कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्त हुनेजस्ता गुणको विकास हुन्छ ।’
तनाव मुक्त शान्त मन र रोग मुक्त स्वास्थ शरीर विकासमा योगको महत्वपूर्ण भूमिका रहने बताउँदै प्रधानमन्त्री दाहालले योग र ध्यानका अभ्यासहरूबाट व्यक्तिमा नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्वपूर्ण योगदान हुने उनले बताए ।
‘नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावनायुक्त देश हो,’ प्रधानमन्त्री दाहालले भने, ‘तसर्थ, हामीले योगको विश्वव्यापी करणमा जोड दिनुपर्दछ । यस दिशामा योजनाबद्ध पहल लिन योगका अभियन्ताहरू र योग गुरुहरूमा म हार्दिक अपील गर्दछु ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे