
काठमाडौं,असार ७। आज जुन २१ तारिखका अर्थात अन्तर्राष्ट्रिय योग दिवस । नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै अन्तर्राष्ट्रिय योग दिवस छ । ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज मनाइँदै छ ।
आध्यात्मिक रूपमा व्यक्तिको चेतनालाई परम चेतनासँग मिलाउनु वा समाहित गर्नु योग हो । सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । यसपटक योग दिवस बनाउन संघीय सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मुल समारोह समिति नै गठन गरेको छ ।
समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसहित मन्त्री र सरकारका विशिष्ट अधिकारी सहभागी हुँदैछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे