
काठमाडौँ, ३२ जेठ । सरकारले यही असार ३ गते सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी दिए ।
सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो।
सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र ईदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे