
काठमाडौँ, जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठस्थित निवासमै पुगेर भेटेका छन्। प्रतिनिधि सभा बैठक बस्नुअघि सहमति खोज्न भन्दैु प्रधानमन्त्री दाहाल बूढानीलकण्ठ पुगेका हुन्। नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ ।
आज बिहान कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको हो । बूढानीलकण्ठमा पत्रकारहरूसँग कुराकानी गर्दै परियारले भने, ‘गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर त पुग्दैन होला ।
कम्तिमा त्यहाँ संलग्न व्यक्तिहरु कोको हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन सक्दैन भन्ने हाम्रो अडान कायमै छ ।’ सत्ता पक्षले छानबिन समितिको कार्यादेशमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्न नमिल्ने भनेको छ भने विपक्षी दलले नाम उल्लेख नगरी छानबिन समिति बनाउनुको अर्थ नहुने भन्दै आएको छ ।
कांग्रेसले बजेट अधिवेशन सुरु भएयताका सबै बैठकमा संसद् अवरुद्ध पार्दै आएको छ । कार्यदलले सहमति नजुटाए आज पनि संसद् अवरुद्ध पार्ने कांग्रेसको तयारी छ ।
कार्यदलमा कानूनमन्त्री गिरी, एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल सदस्य छन् । यस्तै, कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की पनि कार्यदलको बैठकमा सहभागी भइरहेका छन्
सत्ता पक्षले छानबिन समितिको कार्यादेशमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्न नमिल्ने भनेको छ भने विपक्षी दलले नाम उल्लेख नगरी छानबिन समिति बनाउनुको अर्थ नहुने भन्दै आएको छ ।
कांग्रेसले बजेट अधिवेशन सुरु भएयताका सबै बैठकमा संसद् अवरुद्ध पार्दै आएको छ । कार्यदलले सहमति नजुटाए आज पनि संसद् अवरुद्ध पार्ने कांग्रेसको तयारी छ ।
कार्यदलमा कानूनमन्त्री गिरी, एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल सदस्य छन् । यस्तै, कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की पनि कार्यदलको बैठकमा सहभागी भइरहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे