
काठमाडौँ, जेठ ११ । नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी.१ र केपी. २’ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङमा ओमिक्रोनको सब भेरियन्ट केपी।१ र केपी।२ पुष्टि भएको जानकारी दिए । यो भेरियन्ट पछिल्लो समय सिंगापुर, अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको छ ।
यो सब भेरियन्ट सामान्य रुघाखोकी जस्तै भएकाले घातक नभएको डा।बुढाथोकीले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे