
काठमाडौँ १० जेठ | क्रिकेटर सन्दीप लामिछानेको भिसालाई लिएर नेपालस्थित अमेरिकी दूतावासले आफ्नो प्रतिक्रिया दिएको छ । दूतावासले अमेरिकी कानुन अनुसार व्यक्तिगत भिसाका मुद्दाहरूमा टिप्पणी गर्न नमिल्ने जनाएको हो ।
भिसा रेकर्डहरू अमेरिकी कानुन अन्तर्गत गोप्य रहने भएकाले केही भन्न नमिल्ने दूतावासले जनाएको छ । विश्वकपमा सहभागी हुन अमेरिका जान लागेका क्रिकेटर सन्दीप लामिछानेको भिसा दूतावासले अस्वीकृत गरेको छ ।
अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी(२० विश्वकप खेल्न जान लागेका लामिछानेलाई दूतावासले भिसा दिन अस्वीकृत गरेको हो । बलात्कार अभियोग लागेका लामिछानेलाई हालै उच्च अदालत पाटनले सफाइ दिएको थियो। काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय भएको मुद्दा उल्टाउँदै पाटनले आरोप पुष्टि नहुने भन्दै लामिछानेलाई सफाइ दिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे