
एजन्सी | ईरानी राष्ट्रपति इब्राहिम रईसीको मृत्यु भएको छ। हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सले अनुसार एक इरानी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको उल्लेख गरेको छ ।
आइतबार खराब मौषमका कारण राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर बेपत्ता भएको थियो । हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो ।
राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अबदुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएको १७ घन्टापछि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे