
काठमाडौं , जेठ ६।हब इन्टरनेसनलबाट ग्राण्ड मल्टी डेस्टीनेसन एजुकेसन फेयर २०२४ सफलता पूर्वक सम्पन्न गरेको छ । मे १८ तारिकाका दिन आफनै कार्यालय परिसरमा आयोजना गरिएको उक्त फेयरमा करिब ८ वटा इन्टरनेसनल डेस्टीनेसनका उत्कृष्ट कलेज, युनिभर्सिटी तथा शैक्षिक संस्थाहरुको उपस्थित रहेको थियो ।
फेयरमा उपस्थितीमा विद्यार्थीहरुलाई महत्वपुर्ण शैक्षिक जानकारी, उपलब्ध कोर्स, फयासीलीटीज, अप्लाई प्रोसेस, फी स्ट्रक्चर तथा अध्यन पश्चातको विभिन्न अवसरहरुको बारेमा परामर्श प्रदान गरिएको थियो ।
ग्राण्ड मल्टी डेस्टीनेसन एजुकेसन फेयरमा एउटै छानामुनि करिब ८ वटा राष्ट्रहरुको बारेमा जानकारी पाउने अवसर प्रदान गरेकोमा शिक्षक तथा विद्यार्थीहरुले हब इन्टरनेसनलाई धन्यवाद व्यक्त गरेका थिए ।
ग्राण्ड मल्टी डेस्टीनेसन एजुकेसन फेयर सफलता पूर्वक सम्पन्न भएकोमा उपस्थिती सम्पुर्णमा हब इन्टरनेसनलका सिइओ सरिता खडकाले धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे