
काठमाडौं , जेठ ६। प्रतिपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधिसभा बैठकमा बोल्न दिने भएका छन् । आज बिहान बसेको कांग्रेससहित विपक्षी दलहरूको बैठकले गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने निर्णय गरेको हो ।
प्रतिपक्षी दलहरुले आजको बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न अवरोध नगर्ने भएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनमा रहेका विपक्षी दलका नेताहरूलाई छलफलका लागि आज बिहान संसद भवन नयाँ बानेश्वरमा बैठक बोलाएका थिए।
आजको बैठकमा गृहमन्त्री लामिछानेको जवाफ चित्त बुझे संसद कार्यसूचीमा अगाडि बढ्ने नभए प्रधानमन्त्रीले भोलि लिने विश्वासको मत समेत प्रभावित हुने नेपाली कांग्रेसले निर्णय गरेको छ ।
नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे