
काठमाडौँ, जेठ ४ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बस्दै छ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक बस्नु अघि रणनीति तय गर्न बैठक बोलाएको हो । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
प्रतिनिधि सभा बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरु नाराबाजी गर्दै वेल घेराउ गर्न आएका थिए ।सत्तापक्षका सांसदहरु समेत उठेर प्रतिपक्षि सांसदहरुको प्रतिवाद गर्न थालेपछि संसद बैठकलाई सभामुखले शुक्रवार बिहान ११ बजे बस्नेगरी स्थगित भएको थियो ।
सहकारीमा ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने काँग्रेसले माग राखेको छ । सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिए पनि कांग्रेसका विरोधका कारण उनले बोल्न पाएनन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे