
काठमाडौं, जेठ २ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो उनले प्रदेशसभाबाट २८ मत पाए ।
५३ सदस्यीय प्रदेशसभामा उपस्थित २८ सांसदहरूमध्ये उनको पक्षमा २८ जनाकै मत पर्दा विपक्ष र तटस्थमा शून्य मत परेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।
बहुमतका लागि २७ मत आवश्यक पर्नेमा प्रतिपक्षले निर्वाचन प्रकृयामा भाग नलिए पनि नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।
कांग्रेस र नाउपा सांसदहरूको नाराबाजीका बीच सोडारीले विश्वासको मत पाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे