
काठमाडौँ, जेठ ३ । नेपाली कांग्रेसका नेता डा . शेखर कोइरालाले एमाले अध्यक्ष ओलीको धम्कीले कांग्रेस नडराउने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले कुनै पनि राजनीतिक दलको धम्कीका कारण कांग्रेस नडराउने बताए ।
उनले गृहमन्त्रीलाई कांग्रेसले संसदको रोस्टममा बोल्न नदिने भन्ने कुराको प्रतिवाद समेत गरेका छन् । उनले बोल्न समय दिन्छौं भन्दा गृहमन्त्री स्वयम र नेकपा एमालेले त्यसलाई अवज्ञा गरेको दाबी गरे ।
उनले भने , ‘हामीले बोल्न नदिने भनेर भनेका छैनौं । यो कुरामा तपाईंहरु क्लियर हुनुपर्यो । हामीहरुले के भनेका छौं भने गृहमन्त्रीले आएर रोस्टममा बोल्नुहुन्छ । बोल्न पाउनु हुन्छ, बोल्नुस । हामीहरुलाई चित्त बुझ्यो भने ठिक छ, चित्त बुझेन भने हामी बोल्छौं भनेका हौं । गृहमन्त्रीले त्यसलाई न त स्वीकार्नु भएको छ नत एमालेले त्यसलाई स्वीकारेको छ । तपाईंहरु ९मिडिया० क्लियर हुनुभएन भने अप्ठ्यारो पर्छ । वास्तविकता यहि हो ।’
कोइरालाले गृहमन्त्रीको राजीनामा कांग्रेसले नमागेको तर संसदीय छानबिन समितिको माग गरेको उल्लेख गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे