
काठमाडौँ, जेठ ३ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सत्ता पक्ष नै संविधानलाई चुनौती दिने गरी सामाजिक सद्भाव र जातीय सन्तुलनमा खलल पुग्ने काम गर्न थालेको आरोप टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६औं साधारण सभामा नेता केसीले भने, ‘सत्ता पक्षबाट नै हाम्रो सामाजिक सद्भाव र जातिय सन्तुलनमा खलल पुग्ने कामहरु हुन थालेका छन् ।
उनले भने , अहिले हामीले नेपाली जनताको आवश्यकताको दृष्टिकोणले लाखौं लाख सहकारी पीडितहरुको प्रतिनिधित्व गर्नको निम्ति संसदीय समितिको माग गरेका छौं । उहाँहरुले नै सुन काण्डमा २२ दिन संसद बन्द गरेको इतिहास सुने पनि हुन्छ । यो खालका धम्कीहरु, सर्वोच्च अदालतले गरेका निर्णयहरुलाई चुनौती दिने अभिव्यक्तिहरुले लोकतन्त्र माथिनै चुनौती दिने खालको जुन अवस्था छ, यसलाई कांग्रेसले गम्भीर भएर समीक्षा गर्नुपर्छ ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे