
काठमाडौँ, जेठ २ । नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धु टी -स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका छन्। बुधबार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो धारण राखेका हुन् ।
उनले टी स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानबिन गर्नुपर्ने माग समेत गरे। उनले भने , ‘म भन्न चाहन्छु–५१ विगाहा र १९ विगाहा गरेर ७० विगाहा जमिन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा। यसमा छानविन हुनुपर्छ। अब हामी नेपाली कांग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन।
अध्यक्ष ओलीले नेपाली कांग्रेसले गरेको संसद अवरोधको प्रतिरोध गर्ने समेत बताए । कांग्रेसले संसद र सांसदहरुको बहुमूल्य समय नष्ट पारेको र अब यसको प्रतिरोधमा एमाले उर्तिने उनले बताए । ओलीले भने, ‘नेपाली कांग्रेसले बकबास बोलिरहने हामी सुनिरहने होइन’ उनले भने, ‘यस्तो हुन्छ रु ‘अब बकबास सुनिरहन हामी तयार छैनौं । चाहिने कुरा गरे हुन्छ नि । यतै टोक्या छ, उतै टोक्या छ, यो के तरिका हो ?
अध्यक्ष ओलीले नेपाली कांग्रेसले एमालेकाविरूद्ध जथाभावी बोलेको आरोप लगाए । ओलीले कांग्रेस एकदलीय, एकाधिकारवादी, तानाशाही चलाउन खोज्छ कि? बहुदलीय चलाउन खोज्छ? भन्दै प्रश्न पनि समेत गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे