
काठमाडौँ, जेठ २ । प्रतिनिधिसभाले सरकारको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमजेठ ९ गते पारित गर्ने भएको छ । मङ्गलबार सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि नीति तथा कार्यक्रम ल्याएको थियो । प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर अनुसार जेठ ३ गतेबाट सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्ने जेठ ४ गते, ६ गते, ७ गते र ८ गते नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
यसैगरी, ९ गते पनि छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने गरी संसदीय क्यालेन्डर तय भएको छ । निति तथा कार्यक्रम चलिरहेकै समयमा शून्य सयम, विशेष समय, प्रधानमन्त्रीबाट वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ, प्राप्त संशोधनहरु र वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे