
काठमाडौँ, जेठ १ । सरकारले १६ औँ पञ्चवर्षीय योजना पारित गरेको छ । मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले १६ औँ पञ्चवर्षीय योजना पारित गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग बैठकका निर्णय जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले विभिन्न चरणमा छलफल भएर १६ औँ योजना पनि पारित गर्ने निर्णय गरेको बताइन् ।
उनले भनिन् , ‘सम्माननीय राष्ट्रपतिज्यूद्वारा सङ्घीय संसद्को संयुक्त बैठकलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न आह्वान गर्नुभएको थियो, त्यसबारेमा छलफल भयो । नीति तथा कार्यक्रम मन्त्रीपरिषद्को बैठकले पारित गरेको छ । आर्थिक वर्ष अगावै १६ औँ पञ्चवर्षीय योजना जुन छ, राष्ट्रिय योजना आयोगबाट तयार भएको विभिन्न चरणमा छलफल भएर १६ औँ योजना पनि पारित गर्ने निर्णय भयो ।’
राष्ट्रपति पौडेलले आज ३ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे