
काठमाडौँ, ३१ बैशाख । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने निर्णय गरेको छ ।सोमवार बसेको पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठकले सरकारले संसदीय छानबिन समिति गठन नगरेसम्म संसदमा अवरोध कायमै राख्ने निर्णय गरेको हो।सरकारले संसदीय छानबिन समिति गठन गरेन भने मंगलबार पनि संसदको अवरोध कायमै रहने छ ।
नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनेपछि गृहमन्त्री रवि लामिछानेको राजीनामा नमाग्ने बताएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छानबिन समिति बनेपछि कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्ने आशंका शुक्रबार व्यक्त गरेका थिए ।
भोलि मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ । त्यसका लागि दिउँसो ३ बजे बैठक बोलाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे