
काठमाडौँ, ३१ बैशाख । गत वैशाख २३ गते ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी थप एकजनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।
मोबिल स्टोर गरिएको टहरोमा आगलागी हुँदा एबै परिवारका पाँच सदस्य घाइते भएका थिए। घाइते भएका सबैजनालाई उपचारका लागि ग्वार्कोस्थित किस्ट अस्पताल लगिएको थियो। आगलागीमा परी छोरीहरू ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसा गिरीको गत वैशाख २४ गते मृत्यु भइसकेको छ ।
घाइतेमध्ये सञ्जय गिरीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । ३२ वर्षीया गिरीकी श्रीमती रुपा गिरीको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।
१५ वर्षीय नित गिरीको पनि उपचार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे