
काठमाडौँ, ३१ बैशाख । नेपाली काँग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सरेको छ । आज दिउँसोका लागि बोलाइएको दुवै बैठक स्थगित गरिएको नेपाली काँग्रेस संसदीय दलले जनाएको छ ।आज स्थगित भएको बैठक जेठ १ गते सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ ।
सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपका सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान राख्दै आएको कांग्रेसले बजेट अधिवेशन सुरु भएपछि संघीय संसद्का दुवै सदन चल्न दिएको छैन ।
सरकारले भने मंगलबार दिउँसो ३ बजे बस्ने संघीय संसद्को बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम राखेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे