
काठमाडौं , वैशाख ३१। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो कमिटीको बैठक आज बस्दै छ ।
सोमबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पोलिटब्युरो कमिटीको बैठक बस्ने प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए ।
बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिनेछ । एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० सम्म हुँदै छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे