
भरतपुर, वैशाख ३० । भरतपुर कल्याणपुरमा रहेको दद्रेनी पुलमा स्मल हेभन स्कुलको बसमा आगजनी भएको छ । चारवटा मोटरसाइकलमा आएका छ जनाको समूहले बस रोकी पेट्रोल छर्किएर आगजनी गरेका थिए ।
स्कुलबाट विद्यार्थी ओसार्न अमृतनगरतर्फ गइरहेको बसमा आगजनी भएको विद्यालयका प्रध्यानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिए । आगजनीबाट बा ०६००१ क ००४५ नम्बरको स्कुल बस पूर्णरुपमा क्षति भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे