
काठमाडौँ, वैशाख २८ । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक अवरोध भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको हो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने बताएको छ। सभामुख देवराज घिमिरेले समय दिएपछि शुक्रबार प्रतिनिधि सभा बैठकमा बोलेका कांग्रेस महामन्त्रीसमेत रहेका थापाले सदन नचल्नुको जिम्मेवार सरकार नै रहने बताए। सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गर्नुभएको हो ।
सभामुख घिमिरेले बैठकमा दलीय आधारमा बोल्न समय दिने जानकारी गराउँदै आसनमा बस्न आग्रह गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे