
काठमाडौँ, वैशाख २८ । कोशी प्रदेश सरकार गठनविरुद्ध दायर भएको रिटमा सुनुवाइ हुँदैछ । सुनुवाइका लागि रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार रिट दायर गर्नुभएको थियो । उनले नयाँ सरकार गठन प्रक्रिया रोक्न माग गर्दै रिट रिट दायर गरेका हुन् । नेकपा ९एमाले० कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएपछि त्यसविरुद्ध कार्कीले रिट दायर गरेका हुन् ।
हिक्मत कार्कीले बिहीबारै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनलाई समर्थन गर्ने प्रदेशसभा सदस्यको सनाखत गराई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् । एमाले नेता कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखले गरेको आह्वानको जवाफमा मुख्यमन्त्री समक्ष दाबी पेश गरेका हुन् ।
त्यसलगत्तै उनलाई समर्थन गर्ने सांसदहरूको हस्ताक्षर पुष्टि भयो। त्यसपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको घोषणा गरेका थिए ।
पूर्वमुख्यमन्त्री केदार कार्कीले सरकार गठन प्रक्रियालाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गण्डकी प्रदेश सरकार गठनविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा अहिले सुनुवाइ भइरहेको छ । कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको विषयलाई लिएर मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जम्मा ३० मत पर्दा पनि सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए।
अधिकारीले विश्वासको मत नै नपाएको र कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदर गर्न माग गर्न कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे