
विराटनगर,२७ वैशाख । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
एमाले र माओवादी केन्द्रका ५२ सांसदको देखिएको छ।
आज बिहान एमाले नेता कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखले गरेको आह्वानको जवाफमा मुख्यमन्त्री समक्ष दाबी पेश गरेका हुन् ।
त्यसलगत्तै उनलाई समर्थन गर्ने सांसदहरूको हस्ताक्षर पुष्टि भयो।
त्यसपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको घोषणा गरेका थिए ।
पूर्वमुख्यमन्त्री केदार कार्कीले सरकार गठन प्रक्रियालाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
९३ सदस्यीय प्रदेश सभामा ४७ मतको बहुमत आवश्यक छ । मुख्यमन्त्री कार्कीको पक्षमा ५२ मत देखिएपछि मुख्यमन्त्री नियुक्त भएको घोषणा गरिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे