
काठमाडौं , २१ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न प्रेस स्वतन्त्रता अनिवार्य रहेको बताएका छन् । उनले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको उल्लेख गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका हुन् ।
“स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो ।” आज विश्व प्रेस स्वतन्त्रता दिवस, २०२४ को शुभकामना दिँदै राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रताले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
निरङ्कुश शासनको अन्त्य गरी लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा प्रेसले धेरै ठूलो योगदान गरेको स्मरण गर्दै राष्ट्रपति पौडेलले प्रेसलाई सबल बनाउन आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे