
काठमाडौँ , १९ वैशाख । ललितपुर गोदावरीको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका अर्का एक व्यक्तिको पनि आज बिहान मृत्यु भएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते ४७ वर्षीय रमेश पहरीको पनि उपचारको क्रममा आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको छ । मंगलबार डढेलोमा परेर घाइते भएका उनलाई उपचारका लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा राखिएको थियो ।
मंगलबार मात्रै डढेलो निभाउने क्रममा शंकर पहरीको पनि मृत्यु भइसकेको । डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास जारी रहेको छ । ललितपुरको तपेश्वर, लेले र आनन्दवनसहित विभिन्न ठाउँमा डढेलो लागिरहेको छ । अझै पनि बनमा लागेको डढेलो नियन्त्रणमा आएको छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे