
अर्घाखाँची , १८ वैशाख | अर्घाखाँचीमा सोमबार आगोले जलेर बालिकाको ज्यान गएको छ ।
भूमिकास्थान नगरपालिका (५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया नातिनी अप्सरा बिकको जलेर मृत्यु भएको हो ।
हजुरबुबा घर बाहिर गएको समयमा आगलागी भएकोले घर भित्र रहेकी बालिकाको आगोले जलेर मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । आगलागीमा २ घर र २ गोठ जलेर नष्ट भएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे