
काठमाडौँ, वैशाख १७ । नेकपा एकीकृत समाजवादी ( नेकपा एस) का अध्यक्ष माधव कुमार नेपालले पुराना कुरालाई भुलेर एमालेसँग नयाँ रुपमा हातेमालो गर्न आब्हान गरेका छन् । सोमबार पार्टीनिकट अनेमसंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो धारण दिएका हुन् ।
अध्यक्ष नेपालले प्रधानमन्त्री बन्छन् कि भनेर समाजका केही प्रवृत्तिलाई पोलेको बताएका छन्। नेपालले भने , ‘अहिले पूरानो कुरा नगरौं भनेपनि ठिकै छ । कति पुराना कुरा मात्रै गर्ने रु नयाँ कुरा गरौं । नयाँ ढंगले जाऔं । हातेमालो गरौं । देश र जनतालाई केन्द्रविन्दुमा राखौं । यो सबै कुराहरुको सन्दर्भमा नै हामीले सोच्नुपर्ने आवश्यकता छ,’ ।
अध्यक्ष नेपालले आफूहरुले समाज बदल्न र गणतन्त्र ल्याउनका लागि भूमिका खेलेको बताए । उनले भने, ‘ सत्ता सत्ताका लागि होइन, चुनाव चुनावका लागि होइन। यी सबै देश र जनताका लागि हो। समाजमा परिवर्तन र विकासका लागि हो।हामीले गर्ने हो भन्नेकुरामा प्रष्ट हुन आवश्यक छ।’
उनले आफ्नो ध्यान कसरी कम्युनिष्ट पार्टी र आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने भन्नेमा रहेको भन्दै कम्युनिष्ट पार्टी र आन्दोलनले नै देश र जनताको भलो गर्न सक्ने विश्वास आम जनतामा कसरी पुर्याउने भन्ने कुरामा कम्युनिष्टहरुको ध्यान केन्द्र्रीत हुनुपर्नेमा नेता नेपालले जोड दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे