
काठमाडौँ , १५ बैशाख । प्राथमिक तह तृतीय श्रेणीका लागि शिक्षक सेवा आयोगले चार हजार ४६२ शिक्षकको माग गरेको छ । आज शनिबार शिक्षक सेवा आयोगले गोरखापत्र दैनिकमा सूचना निकाल्दै विभिन्न समूहमा सातै प्रदेशका लागि सूचना जारी गर्दै आवेदन खुला गरेको हो ।
खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई(मदेशमा बसोबास गर्ने मधेसी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक मुसलमान समुदायका लागि विज्ञापन खुलाइएको छ ।
सबैभन्दा धेरै बागमती प्रदेशमा ११०३, कोसीमा १७७, गण्डकीमा ८००, मदेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आवेदन खुलेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली बाट जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे