
काठमाडौं , १४ वैशाख । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताएका छन् । शुक्रबार गृह मन्त्रालमा वन डढेलो तथा आगलागी नियन्त्रण र आउनसक्ने वाढी पहिरोको संभावित जोखिमको आंकलन अभियान अन्तरर्गत ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिकिया दिएका हुन् ।
उनले भने , “आपतका बेला सरकार दुई(चार सय नागरिकलाई खुवाउनै नसक्ने अवस्थाको होइन । राहतको कुरा गर्दा स्रोत जुटाउनमा कुनै ढिलाइ गरेका छैनौँ । स्रोत परिचालन गरेका छौँ ।” विपतको अनुमान गर्न नसकिए पनि अग्रिम तयारी भने गर्न सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्राप्त जानकारीका आधारमा सतर्क रहन सकिन्छ, जसले गर्दा जनधनको क्षति कम हुन्छ । गत वर्षको गल्तीलाई नदोहोर्याउने गरी तयारी गर्न जरुरी छ ।”
उनले भने,‘तत्काल राहतको लागि कुनै पनि ढिलाई नहोस् । यहाँ आम सर्वसाधारणले आलोचना गर्ने, संचारमाध्यममार्फत हाम्रो कमजोरीहरु छताछुल्ल गर्ने काम भएपछि चासो दिने गरिन्छ । यो चाहीं हुँदैन् । मैंले रोकेको छु भने मलाई अहिले भन्नुहोस् । सचिवले रोक्नुभएको छ भने यहाँ तत्काल भन्नुहोस् । कतैबाट नीतिगत रुपमा अप्ठ्यारो परेको छ भने भन्नुहोस् तर तत्काल कुनै ढिलाई नगरी राहतको र उद्दारको लागि काम गरिहाल्नुहोस् ।’
राहतको लागि कुनै पनि ढिलाई नहोस् भनेर सरकारले यसलाई प्रथमिकतामा राखेको उनले बताए । उनले साताको एक पटक विद्यालयमा डढेलोको विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने र स्थानीय सरकारसँग समन्वय गरेर कार्यक्रम सञ्चालनगर्नु पर्नेमा जोड दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे