
काठमाडौँ , १४ वैशाख | चौधरी ग्रुपको वाइवाइ चाउचाउ गुणस्तर परीक्षणमा फेल भएको छ । काठमाडौँ महानगरपालिकाले चौधरी गु्रपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो । बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा ९१० को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो ।
वाइवाइ चाउचाउमा निम्न गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको , कच्चा पदार्थ निम्न गुणस्तरको भएकाले चाउचाउ गाढा खैरो र काला धब्बा रहेका छन् । गुणस्तर परीक्षणमा वाइवाइ चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएको छ । जसको निरन्तर प्रयोगले क्यान्सरलगायत घातक रोग लाग्न सक्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे