
काठमाडौँ , १४ वैशाख | नेपाली सेनाले प्राविधिक सेवातर्फका लागि दरखास्त आह्वान गरेको छ। सेनाले प्राविधिक सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले शुक्रबार एक सूचना प्रकाशित गर्दै यस क्षेत्रका लागि ३१९ जना सैनिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।
र्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बर, भेहिकल मेकानिक्स, ग्राउन्ड ह्यान्डलिङ लगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ ।इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले जेठ १२ गतेसम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा उपस्थित भई तथा सेनाको वेभसाइटमार्फत दरखास्त दिन सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे