
काठमाडौं १४ वैशाख। आजदेखि कक्षा १२ परीक्षा सुरु हुँदै छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने भने परीक्षा वैशाख २६ गते सम्म जारी रहनेछ । यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् ।
परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरिएको छ ।
सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ,मुस्ताङमा एक एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (र्याडम) प्रक्रियाबाट काडमाडौँका परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे