
काठमाडौँ , १० वैशाख | आइतबार स्थिर रहेको सुनको मूल्य आज घटेको छ। प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ रहेको छ ।
हिजो तुलनामा सुनको मूल्य आज प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो। आइतबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रहेको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँ रहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज ३५ रूपैयाँ घटेर प्रतितोला १७ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे