
इलाम, ७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले देशको इतिहास लेख्न आफू अघि बढेको बताएका छन् । इलाम २ को उपनिर्वाचनमा सहगागिता जनाउँदै उनले आफूले बेइमानहरुसँग कहिल्यैपनि आफ्नो इमानदारिताको प्रमाण नदेखाउने प्रष्ट पारे । तर, आफूले इमानदारहरुसँग भने आफ्नो इमानको प्रमाण देखाउने प्रतिबद्धता जनाए ।
उनले भने,‘मलाई पत्रिकामा के लेखिन्छ, थाहा छैन् ? यो देशको इतिहास लेख्न हिँडेको मान्छे हुँ । पत्रिका आज सकिन्छ, इतिहास भोलि लेखिन्छ,’ उनले अगाडि भने,‘आजको पत्रिकाको हेडलाइनको चिन्ता होईन, भोलिको भविष्यको चिन्ता छ । तपाईंहरुले पत्रिकाको हेडलाईनको चिन्ता नलिनुहोस ।’
उनले यो देशलाई परिवर्तन गरेरै देखाउने हुटहुटी रहेको सुनाए । उनले आफ्नो नेतृत्वमा देशमा चितवनबाट निलो क्रान्ति गरेको बताए । चुनावी अभियानका क्रममा उनले आफ्नो पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुलाई विजयी गराउन अनुरोध गरे ।
गृहमन्त्री लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् । इलाम–२ को लारुम्बामा चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले रास्वपा प्रतिपक्षमा हुँदा निभाएको भूमिका हेर्न कांग्रेसलाई आग्रह गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे