
काठमाडौँ ,७ वैशाख | नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ रहेका छ ।
हिजो सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा सात सयले बढेको हो। तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
हिजो तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने घटेको छ। हिजोको तुलनामा आज प्रतितोला ५ रूपैयाँले घटेर प्रतितोला एक हजार सात सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे