
काठमाडौँ , ६ वैशाख | राष्ट्रपति रामचन्द्र पौडेलले डा। अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा ९२० को खण्ड ९ख० बमोजिम संखुवासभाकी शाक्यलाई मनोनित गरेका हुन् । यस अघि डा। शाक्य इजरायलका लागि नेपाली राजदूतसमेत थिइन् ।
नेकपा एमालेकी विदेश विभाग सदस्यसमेत रहेकी शाक्य यसअघि राष्ट्रिय योजना आयोगको सदस्य पनि नियुक्त भएकी थिइन्। यसअघिको कांग्रेससँगको गठबन्धन सरकार हुँदा जनमोर्चाकी दुर्गा पौडेललाई मनोनीत गर्ने सहमति भएको थियो।
राष्ट्रियसभाका ५९ सदस्यमध्ये ३ जना राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक व्यवस्था छ। राष्ट्रपतिबाट मनोनीत वरिष्ठ अधिवक्ता रामनारायण विडारीको कार्यकाल सकिएपछि रिक्त कोटामा शाक्य मनोनीत हुने भएकी हुन्।
यसैगरी, बिहीबारै राष्ट्रपतिले तोयम रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे