
काठमाडौं, वैशाख २ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको बताएका छन् । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विषेश अभियान – २०८१’ को समुद्घाटन कार्यक्रममा बौल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै परिवर्तन गर्नुपर्ने बताए । उनले भने ,‘ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा छ । त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढंगले सवारी चलाएको छ कि छैन भन्ने कुरा हेर्ने नियमन गर्ने निकाय अर्को छ । रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने जुन परिपाटी छ त्यो परिपाटी नै ठिक छैन । त्यसलाई परिवर्तन गर्नुपर्ने छ ।’
गृहमन्त्री लामिछानेले ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई एकदमै कडाई गर्नुपर्छ भन्ने पक्षमा आफू नभए पनि राम्रोसँग सवारी बोक्न सक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग रहेको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे