
काठमाडौं, वैशाख २ । २०८० सालको अन्तिम दिन शुक्रबार सुनको मूल्यले रेकर्ड कायम गरेकोमा आज तोलामा एक हजार २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार प्रतितोला एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदी प्रतितोला एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे