
काठमाडौँ, २९ चैत । आज देशभरका इस्लाम मुस्लिम धर्मावलम्बीहरूको मुख्य पर्वमध्येको एक इल उल फित्र मनाउँदै छन् । एक महिने रमजान (रोजा व्रत) समापन भएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।
इदको अर्थ खुशी मनाउनु पनि हो । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ ।
ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु) ले वाचन गर्ने गनेृछन् साथै यो पर्वमा नयाँ लुगा लगाउने र मिठामिठाको परिकार बनाएर खाने चलन समेत रहेको छ । इद पर्वको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे