
काठमाडौँ , २८ चैत । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।आज गृह मन्त्रालयले सूचना जारी गर्दै भालि सार्वजनिक बिदा दिएको जानकारी गराएको छ । मुस्लिमहरू रमदान महिनामा दिनभरि केही नखाइ उपवास बसेर सद्विचार सत्कर्ममा लागि रहन अल्लाहसँग पुकारा गर्ने गर्छन् । ईदका दिन इस्लाम धर्मावलम्बीहरुले मस्जिद तथा ईदगाहमा भेला भई सामूहिक रुपमा नमाज आदा पढ्ने गर्छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे