
काठमाडौँ, २७ चैत । राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरेले र नेपाली काँग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गराएका छन्।
संसद् भवन नयाँ बानेश्वर पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्तापछि दुवै उम्मेदवारले आफूले जित्ने दाबी गरेका छन्। आजै बसेको काँग्रेस संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३, मनोनीत २, लोसपा र जनमोर्चाका एक एक सांसद छन्।
राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन यही चैत २८ गते हुँदै छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे