
काठमाडौँ, चैत २७ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको छ । तर, आजको बैठक प्रतिपक्षी नेपाली काँग्रेसले अवरुद्ध गर्ने चेतावनी दिएको छ।
कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा मुछिएको भन्दै छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै आएको छ । कांग्रेसको माग छलफल गर्न सभामुख घिमिरेले कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेतासँग छलफल गरेका थिए ।
संसदमा कांग्रेसले सहकारीको रकम हिनामिनामा मुछिएका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे