
काठमाडौँ, चैत २६ – नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले आफ्नो पार्टी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटने बताएका छन् । छानबिन समिति गठन गर्ने अडानमा नेपाली कांग्रेस रहेको उनले बताए ।
नयाँ वर्षका अवसरमा आयोजित शुभकामना आदानप्रदान गर्ने एक कार्यक्रममा बोल्दै पौडेलले यस्तो धारण राखेका हुन् । उनले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो रु भन्ने प्रश्न समेत गरे । उनले भने , ‘दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो भयोरु हामीले पूर्वाग्रह राखेको होइन, नयाँ कुरा गरेको होइन। कांग्रेस छानबिन समिति निर्माण गर्ने अडानबाट पछि हटेको छैन, हट्दैन’ ।
उनले प्रश्न उठ्दैमा र आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ भन्ने नभएपनि आरोप लागिसकेपछि सत्यतथ्य छानबिन गर्ने काम सरकारको भएको बताए । सोमबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राख्ने निर्णय गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे