
काठमाडौँ, २५ चैत । साताको अन्तिम पहिलो कारोबार दिन नेपाली बजारमा सुनको भाउले रेकर्ड ब्रेक गरेको छ । उक्त दिन सुन प्रतितोला २९ सय रुपैंयाले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
अघिल्लो दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।Citizen Life I-Land
आज चाँदीको मूल्य ५५ रुपैंयाले बढेर प्रतितोला १ हजार ६७० रुपैयाँ कायम भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे