
चितवन , २१ चैत । त्रिशूली नदीमा ट्याक्सी दुर्घटना परेर वेपत्ता भएका गोरखाको पौवाखेतका १८ बर्षीय विवश रोकाको शव भेटिएको छ । बुवाको अन्तिम संस्कार गरेर फर्किने क्रममा ट्याक्सी दुर्घटना परेर वेपत्ता भएका रोकाको शव आज विहान त्रिशूली नदीमा भेटिएको हो।
चैत १७ गते विहान चितवनको इच्छाकामना गाउँपालिका ५ सिमलधारा भन्ने ठाउँबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खस्दा बिवस बेपत्ता भएका थिए भने अन्य पाँच जनाको शव भेटिएको थियो । दुर्घटनामा परेर वेपत्ता भएको ५ दिन पछि शशस्त्र प्रहरीको खोजी टोलीले इच्छाकामना गाउँपालिका ६ कालीखोला नजिकै नदीमा पानीले शव घुमाइरहेको अवस्थामा बिवसको शव फेला पारेको हो ।
शव फेला परेपछि आफन्तहरुलाई बोलाएर सनाखत गरिएको प्रहरीले जनाएको छ । लासको मुचुल्का तयार गरेर शव परीक्षणका लागि गोरखा पठाएको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे