
काठमाडौँ , २० चैत | नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग दोहोर्याएको छ । प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै कांग्रेसका सांसद रामकृष्ण यादवले नाम सहकारी ठगीका विषयमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गरेका छन् ।
उनले रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकिएको आरोप लगाएका छन्। लामिछाने सञ्चारकर्मीका रुपमा आवद्ध हुँदाका बखत गोर्खा मिडिया प्रालिमा हुँदा सहकारीबाट रु ८० करोड ऋण लिएको र नतिरिएको विषयमा नैतिकताका आधारमा गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताए ।
उनले आरोप टुंग्याउन सहयोग गर्न र सत्यतथ्य बाहिर नल्याएमा यसले लामिछानेलाई कहिल्यै नछोड्ने समेत बताए । साथै उनले सांसद यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल पनि सहकारी विवादमा मुछिएकाले छानबिन हुनुपर्ने माग राखे । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुदाँ छानबिन भइरहेको तर लामिछाने नै गृहमन्त्री बने पछि छानबिन रोकियो उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे