
काठमाडौं २० चैत ।एस आइ यु के नेपालले अप्रिल ५ अर्थात चैत २३ पुतलीसडकमा अवस्थित एस आइ यु के नेपालको कार्यालयमा दि ग्राण्ड युके इडु फेस्ट २०२४ को आयोजना गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधि माझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले एस आइ यु के नेपालले आफ्नो स्थापना काल देखिनै बेला–बेलामा यस्तो किसिमको शैक्षिक मेलाको आयोजना गर्दै आएको संस्थाका डिरेक्टर विनय अधिकारीले जानकारी गराउनुभयो ।
दि ग्राण्ड युके इडु फेस्ट २०२४ मार्फत बिद्यार्थी र अभिभावकले ३० भन्दा बढी युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कोर्सेस्, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने एसआइ युके नेपालले जानकारी गराएको छ।
बैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण बिद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा प्रतिनिधि हरुसँग जानकारी लिई मौकाको फाइदा उठाउन एसआइ युके नेपालका नन्दन सिंह, कन्ट्री मेनेजरले बताउनुभयो ।
हाम्रो आएल्स पिटिई निकै नै उत्कृष्ठ छ, हामीले हाइटेक इन्भारोमेन्टमा पटक पटक मुग टेक्स्ट गराई विद्यार्थीको प्रतिस्पर्धी बढाउँछौ, एसआइ युके नेपालकी आएल्यस पिटिई, इन्स्ट्रक्टर रुबा इमानले भन्नुभयो ।
दि ग्राण्ड युके इडु फेस्ट २०२४ मा एसआई युकेको वेबसाइट www.siuk-nepal.com मार्फत रजिष्ट्रेसन गरी विद्यार्थीले सहभागिता जनाउन सक्ने छन् ।
हालसम्म कूल ६८७५ विद्यार्थी दर्ता भएका छन् । कार्यक्रममा ३५ वटा विश्वविद्यालयको सहभागिता रहेको छ ।
निस्शुल्क IELTS/PTE, निस्शुल्क ल्यापटप र निस्शुल्क हवाई टिकटका लागि भाग्यशाली विजेताहरूलाई अनलाइन लक्की ड्र मार्फत छनोट गरिनेछ।
काठमाडौंदेखि टाढा बसोबास गर्ने विद्यार्थीले पनि गुगल मिटमार्फत मेलामा सहभागी हुन सक्नेछन् । सबै प्राविधिक काम सकिएको आईटी हेड सोहेल आलमले जानकारी दिएका छन्।

डेढ दशक बेलायतमा बिताउनु भएका विनय अधिकारीले शैक्षिक मेलामार्फत विद्यार्थी र अभिभावकहरुलाई बेलायती शैक्षिक प्रणाली, अवसर र नेपाली समुदायको विकासका बारेमा समेत जानकारी गराउनुहुनेछ ।
स्मरण रहोस् विनय अधिकारी विश्वभरि रहेका गोरखा जिल्लाको तर्फबाट ग्लोवल गोरखा समाजको अध्यक्ष तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय उपमहासचिव समेत हुनुहुन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे