
काठमाडौँ, १६ चैत । जिल्ला अस्पताल धादिङमा कार्यरत डा. प्रतिभा धौभडेल मृत फेला परेकी छिन्। ३४ वर्षीय डा. धौभडेल काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत फेला परेकी हुन्।
उनी केही दिनअघि घर बिदामा काठमाडौं आएकी थिइन्। सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए।
अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। धौभडेलले चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गरेकी थिइन्।
प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे