• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १२, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

१८ घण्टा अघि
२

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

१८ घण्टा अघि
३

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

१८ घण्टा अघि
४

भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप

२0 घण्टा अघि
५

आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ

२१ घण्टा अघि
६

इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो

२१ घण्टा अघि
७

विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज

२२ घण्टा अघि
८

वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु

२२ घण्टा अघि
९

थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन

२३ घण्टा अघि
१०

श्रीकृष्ण विक मृत्यु प्रकरण:न्याय माग्दै सिन्धुलीमा रास्वपाको धर्ना

१ दिन अघि
११

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदै

१ दिन अघि
१२

सुकुम्बासी हटाउने कदमप्रति हर्क साम्पाङको आपत्ति

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
राससप्रकाशित मिति: २०७८ मंसिर ५, आईतबार (४ साल अघि)

“हाम्रो ठाउँले त्रेतायुगदेखि नै धार्मिक महत्व बोक्दै आएको छ, यसबाहेक संस्कृत शिक्षाको त यो पुरानो केन्द्र नै हो”,मटिहानी उत्साहमा, राष्ट्रप्रमुख जाने

Nepal -Government

  • 3,948 Views
  • महोत्तरी  ।  मुलुकको प्राचीन मिथिला क्षेत्रमा पर्ने महोत्तरीको मटिहानी नगर अहिले उत्सवमय देखिँदो छ । आफ्नो ठाउँमा राष्ट्रप्रमुख (राष्ट्रपत)० आउने कार्यक्रमले मटिहानीवासीले यसलाई उत्सवका रुप दिएका हुन् । भोलि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानीका धार्मिकस्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको ३०३ वर्ष पुरानो पाठशालाको अवलोकनसँगै नवनिर्मित रङ्गशाला समुद्घाटन गर्न आउने कुराले नगरवासीमा उत्साह छाएको हो । राष्ट्रपतिको मटिहानी (महोत्तरी) भ्रमण कार्यक्रमको राष्ट्रपति कार्यालयले पनि पुष्टि गरेको छ ।

    यतिखेर मटिहानीका मुख्य चोकबजार केन्द्रमा राष्ट्रपतिका पूर्ण कदका तस्वीर टाँगिएका देखिँदो छ । ‘महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई धार्मिक नगरी मटिहानीमा हार्दिक स्वागत छ’ लेखिएका स्वागतद्वारले सबैतिर झकिझकाउ देखिँदो छ । मटिहानीवासीले यस अवसरलाई पर्व र उत्सवकै रूपमा लिएका छन् । आफ्नै ठाउँमा आफ्नै राष्ट्रप्रमुखको स्वागतको अवसर आफैँमा पर्व र उत्सव हुने मटिहानीवासी बताउँछन् ।

    “हाम्रो ठाउँले त्रेतायुगदेखि नै धार्मिक महत्व बोक्दै आएको छ, यसबाहेक संस्कृत शिक्षाको त यो पुरानो केन्द्र नै हो”, मटिहानी–८ का बासिन्दा पुराना राजनीतिक, सामाजिक अगुवा वृजनारायण लाल कर्ण भन्छन्, “पछिल्लो कालमा हाम्रो पुरानो पहिचान उजागर गर्ने प्रयत्न बढेका छन्, राष्ट्रप्रमुखले यो प्रयत्न अवलोकन गर्ने अवसर बन्दैछ, हामी खुशी छौँ ।” आपूmहरूका लागि राष्ट्रपतिको अवाइ महत्वपूर्ण अवसर र पर्व नै हुने कर्ण बताउछन्।

    महोत्तरीको मटिहानीअघि त्रेतायुगमा राम–सीताको विवाहमा वेदि (यज्ञस्थल) निर्माण गर्न माटो खनिएको ठाउँका रूपमा विश्वास गरिन्छ । वेदिका लागि माटो खनिएको मानिँदै आइएको लक्ष्मीसागर (तलाउ) मिथिला क्षेत्रकै पवित्रस्थलका रुपमा अझै पूज्य रहेको पाका मैथिल बताउँछन् ।

    यसबाहेक मटिहानीस्थित श्री लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर नेपाल र भारतका मठ परम्परामा पूज्यनीयस्थल रहँदै आएका मटिहानीस्थित राम माध्यमिक विद्यालय )लक्ष्मीनारायण मठले स्थापना गरेको) का अवकाशप्राप्त प्रधानाध्यापक चन्देश्वर साह बताछन् । भ्रमण क्रममा राष्ट्रपति भण्डारीले यी महत्वपूर्ण धरोहरको अवलोकन गर्ने टिहानी नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

    मटिहानी संस्कृत शिक्षाको पुरानो केन्द्र रहँदै आएको छ । शिक्षाप्रेमी तथा सन्त बालगुरु षडानन (भोजपुर, दिङ्ला)ले शिक्षा लिनुभएको ३०३ वर्ष पुरानो तत्कालीन संस्कृत पाठशाला अहिले राजकीय संस्कृत माध्यमिक विद्यालयको नाममा मुलुकका विभिन्न भेगका विद्यार्थीलाई शिक्षा दिँदैछ । यही नै राजा जनकको दरबारका विद्वान मनिषी याज्ञवल्क्य र लक्ष्मीनारायण मठको संयुक्त नाममा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)मा स्नातकोत्तर तहसम्मको अध्ययन÷अध्यापन हुँदै आएको छ । यसबाहेक धार्मिक परम्परामै मिथिलाको ‘महाकूम्भ’ भनिने मिथिला माध्यमिकी परिक्रमा (फागुन शुक्लपक्षमा हुने)को यो जिल्लामा पहिलो र मिथिला परम्परामा चौथो दिनको विश्रामस्थलका रूपमा स्थापित रहेको मटिहानीवासी बताउँछन् ।

    आफ्नो ठाउँको यो गौरवमय परम्परा भए पनि उपल्लो तहबाट उपेक्षित भएको अनुभूति लिँदै आएका मटिहानीवासी यतिखेर भने राष्ट्रप्रमुख नै आफ्नो ठाउँमा आउन लाग्नुभएको कुराले दङ्ग छन् । “बौवा, सुनैछी जे हमरासभक ठाममें राष्ट्रपति अबै छथि” (बाबु, सुन्दैछु हाम्रो ठाउँमा राष्ट्रपति आउँदै हुनुहुन्छ रे) मटिहानी–६ का बासिन्दा ८० वर्षीय इस्लाम धर्मावलम्बी विकाउ शेषले भने, “आब हमर जगहके पहिचान आओर उजागर होयत ।”

    राष्ट्रपतिको आगमन हुने कार्यक्रमले मटिहानीमा राजनीतिक दल, सामाजिक सङ्घसंस्था, महोत्तरी उद्योग वाणिज्य सङ्घ र आम नागरिक समाज एकाकार भएर स्वागतको तयारीमा लागेका छन् । “सम्पूर्ण मटिहानी नगर अहिले राष्ट्रप्रमुखको स्वागतका लागि एकाकार भएको छ”, मटिहानी–८ का बासिन्दा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य विजयकुमार साह भन्छन्, “राष्ट्रपतिको आगमनले यस ठाउँबारे चासो बढ्ने हाम्रो विश्वास छ ।”

    खासमा पछिल्लो कालमा मटिहानीको धार्मिक र शैक्षिक पहिचानलाई बढाउन भइरहेका प्रयत्नलाई अझ मुखरित र व्यवस्थित गर्न राष्ट्रपतिको आगमनले सघाउ पुग्ने साहको विश्वास छ ।

    मटिहानी नगरपालिकाको निमन्त्रणामा हुन लागेको राष्ट्रपतिको भ्रमण कार्यक्रमलाई सिङ्गो महोत्तरी जिल्लाले महत्व पाएको भन्ने अनुभूति लिइएको यहाँका राजनीतिक दलका अगुवाले बताएका छन् । “हाम्रो जिल्लामा राष्ट्रप्रमुखको आगमन हुँदैछ, हामीले यसलाई खास अवसरका रूपमा महत्व दिएका छौँ”, नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायले भने ।

    राष्ट्रपतिको भ्रमण कार्यक्रमलाई व्यवस्थित र सम्झनयोग्य बनाउन आफ्ना सारा प्रयत्न केन्द्रित गरिएको बताउँदै यसलाई महिला जागरणको अवसरका रूपमा पनि लिएको मटिहानी नगरपालिकाका उपप्रमुख शिवोदेवी साह बताउछिन् ।

    “हामीकहाँ महिला शिक्षा अत्यन्त कमजोर अवस्थामा छ, सामाजिक, राजनीतिक र आर्थिक गतिविधिमा महिला सहभागिता कमजोर देखिन्छ”, उपप्रमुख साहले भनिन् “संयोग ठिक छ, हाम्रो राष्ट्रप्रमुख अहिले महिला हुनुहुन्छ, उहाँलाई देखेर यहाँका महिलामा नयाँ इच्छाशक्ति पलाउन र बढ्न सक्छ, हामी अगुवा महिलाले राष्ट्रपतिको आगमनलाई यो कोणबाट पनि सर्वसाधारण महिलामा उत्साह भर्दैछौँ ।”

    आसन्न राष्ट्रपतिको महोत्तरी भ्रमण कार्यक्रमले सबै राजनीतिक दलसँग सहकार्य, संवाद र सँगसँगै काममा अघि बढ्ने अवसर दिएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    १८ घण्टा अघि

  • २

    तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा
    १८ घण्टा अघि

  • ३

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार
    १८ घण्टा अघि

  • ४

    भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप
    २0 घण्टा अघि

  • ५

    आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ
    २१ घण्टा अघि

  • ६

    इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो
    २१ घण्टा अघि

  • ७

    विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज
    २२ घण्टा अघि

  • ८

    वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु
    २२ घण्टा अघि

  • ९

    थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन
    २३ घण्टा अघि

  • १०

    श्रीकृष्ण विक मृत्यु प्रकरण:न्याय माग्दै सिन्धुलीमा रास्वपाको धर्ना
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सरकारी अस्पतालमा दुई दिन बिदा लागू, आकस्मिक सेवा चौबिसै घण्टा सञ्चालन

    नेपाल नक्सा
    २

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    ३

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ४

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ५

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ६

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution